नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि

चैत्र ०२,२०८०

-आस्था न्यूज

चैत २, २०८० काठमाडौं ।
नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ ।
 
(ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले यो वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए ।