तोलामा ४ सयले बढ्यो सुनको मूल्य

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौँ ।
नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । आज सुनको मूल्य प्रतीतोला ४ सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।
 
मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
 
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।