नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौं ।
प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
 
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्य कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए । तर केही केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको जनाइएको छ ।
 
२१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्य उपस्थित भएर निर्णय गरिएको पण्डितले दाबी गरे । केन्द्रीय सदस्य पण्डितले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय भएको प्रस्ट पारे ।