बिहीबारको राष्ट्रिय सभा बैठक शुक्रबारलाई सारियो

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौं ।
बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
 
बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् ।
 
राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।