एसईई परिक्षा दिने एक जना नक्कली परीक्षार्थी पक्राउ

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत १५, २०८० काठमाडौं ।
दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
 
नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
 
पक्राउ पर्नेमा महावु गाउँपालिका-१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।
 
प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।
 
उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।
 
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।