शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत १५, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ ।
थुनामा रहँदा रिंगटा लागेर रक्तचाप कम हुने समस्या देखिएपछि उनलाई बुधबार राति अस्पताल लगिएको थियो ।
 
अस्पतालका प्रमुख डा. रत्नमणि गजुरेलका अनुसार प्रारम्भिक रूपमा रायमाझीको मुटुको चालमा गडबडी रहेको देखिएको छ । उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । उनको उपचार मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले गरिरहेका छन् ।