सेयरबजारमा झिनो अंकको सुधार

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
बुधबार दोहोरो अङ्कले घटेको सेयरबजारमा आज भने सामान्य वृद्धि भएको छ ।
 
हिजो १०.८३ अङ्कले बढेको सेयरबजार आज भने ४.७८ अङ्कले घटेर २०३५.६४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, हिमालय उर्जा कम्पनी, हिमालयन हाइड्रोपावर र साम्लिङ पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा धौलागिरी लघुवित्त र उन्नति सहकार्य लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशत कै हाराहारीमा घट्यो ।
 
आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक २.४ प्रतिशतले बढ्दा लगानी समूहको उपसूचक ०.८२ प्रतिशत र फाइनान्स समूहको उपसूचक ०.४८ प्रतिशतले बढ्यो । यसैगरी आज ननलाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक ०.४८ प्रतिशतले घट्यो ।