रास्वपाले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ। 
 
बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो।
 
उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत  हुन्। रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौं नम्बरमा थिए।