कर्णाली पुलबाट हामफालेका लोकेन्द्र शाहीको शव फेला

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ। शाहीको शव टीकापुर नगरपालिका २ स्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा बिहीबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्रसिंह कार्कीले बताए।
 
उनका अनुसार शव भेटिएको स्थानमा मुचुल्का उठाउने काम भइरहेको छ। शव भेटिएपछि उनका आफन्तलाई खबर गरेर झिकाइएको कार्कीले बताए। होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।