दिल्ली क्यापिटल्सलाई हराउँदै राजस्थान रोयल्सको लगातार दोस्रो जित

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित हात पारेको छ। जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको हो।
 
जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो। दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए। ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए।  
 
त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे। रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए। 
 
दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १–१ विकेट लिए। यता राजस्थानका नान्द्रे बर्गर र युजभेन्द्र चहलले २–२विकेट लिए।
 
आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलूरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।