राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । 
 
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।