लामिछानेको निर्देशनपछि उपत्यकाका खटिएका १०८ जना घुमुवा प्रहरी हटाइयो

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ ।
 
गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।
 
हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए ।
 
तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको उनले बताए ।
 
यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए ।