टेकबहादुर गुरुङको निलम्बन बदर

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
सर्वोच्च अदातलले नेपाली काग्रेसवाट निर्वाचित भएका टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने  निर्णय सुनाएको छ । 
 
मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको, संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले शुक्रबार गरेको हो । 
 
न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ पुस ८ देखि भ्रष्टाचार मुद्दाका कारण स्वत निलम्वन रहेको भनि संसद  सचिवलयवाट जारी भएको सुचना र अख्तियारवाट सोही दिन भएको निर्णय नेपालको स‌विधान अनुकुल नभएको सर्वोच्चको दावी छ ।  
 
सर्वोच्चले यो निर्णय सविधान र प्रतिनिधि सभा नियमावलीको प्रयोग र ब्याख्याको दृष्टिले त्रुटीपूर्ण रहेको भन्दै उत्प्रेषणको आदेशले बदर हुने दावी फैसलामा गरिएको छ । गुरुङ आफूले भ्रष्टाचार मुद्दामा विशेषवाट मतियारमा मात्र ठहर भएको र सर्वोच्चमा पुनरावेदन गरेको भन्दै स्वत निलम्वनमा गर्ने निर्णय गैरकानुनी भएको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।