बायर लेभरकुजनले गर्यो पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
बायर लेभरकुजनले पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ। आइतबार राति वेर्डर ब्रेमनलाई ५-० गोलले हराउँदै ज्याभी ओलन्सोको टोलीले इतिहासमा नै पहिलोपटक लिग उपाधि जित्न सफल भएको हो ।
 
शनिबार बायर्नले कोलोनलाई हराउँदै लेभरकुजनलाई उपाधिका लागि थप एक दिन पर्खन बाध्य पारेको थियो । तर फ्लोरियान रिट्जको ह्याट्रिक तथा भिक्टर बोनिफेस र ग्रानिट जाकाको एक-एक गोलको मद्दतले टोलीले ब्रेमनलाई सजिलै हरायो ।
 
खेलपछि उत्साहित दर्शकहरू मैदानमा नै प्रवेश गरेर खुसीयाली मनाएका थिए । यसअघि लगातार ११ वटा लिग उपाधि जितेको बायर्नको एकल आधिपत्यमा पूर्णविराम लागेको छ ।
 
यता ओलोन्सोको नेतृत्वमा रहेको लेभरकुजन भने यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको छ । टोली ट्रेबल जित्ने बाटोमा छ । लेभरकुजनले अझै जर्मन कप र युरोपा लिगको उपाधि जित्न सक्ने सम्भावना बाँकी नै छ ।