एसीसी प्रिमियर कपः टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
 
वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ। खेल १८/१८ ओभरको हुनेछ।
 
खेल मध्याह्न ११ः४५ मा ओमानस्थित अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो।तर वर्षाको कारण ढिलो भएको हो। 
 
नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।