नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई एसएसपी डीआइजीमा बढुवा

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं ।
नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
 
बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डा। देउती गुरुङ र सूचना प्रविधि कम्प्युटरतर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।
 
अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन्।