सेयर बजारमा लगानीकर्ताले तिरे ९ महिनामा ३ अर्ब ७९ करोड पुँजीगत लाभकर

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं। 
चालु आर्थिक वर्ष २०८०/८१ मा सेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन् । २०८० साउनदेखि २०८० चैत्रसम्मको अवधिमा लगानीकर्ताले कुल ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४ सय ६८ रुपैयाँ १४ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।
 
चैतमा महिनामा मात्रै लगानीकर्ताले ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् । जुन फागुनको तुलनामा ९।
६४ प्रतिशतले बढी हो । फागुनमा लगानीकर्ताले ४४ करोड ९ लाख २० हजार रुपैयाँ लाभकर तिरेका थीए ।
 
सरकारलाई चालु आर्थिक वर्षको चैतमा मात्र संस्थागत लगानीकर्ताले ८ करोड ८३ लाख रुपैयाँ तिरेका छन् । फागुनमा भने संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख तिरेका थिए । चैतमा मात्र अल्पकालीन लगानीकर्ताले २८ करोड ७३ लाख तिरेका हुन् ।
 
फागुनमा २५ करोड १० लाख रुपैयाँ तिरेका थिए। दीर्घकालीन लगानीकर्ताले चैतमा ११ करोड १३ लाख रुपैयाँ लाभकर तिरेका छन् । फागुनमा भने उनीहरुलाई ११ करोड ६८ लाख रुपैयाँ तिरेको सिडिएसले जनाएको छ ।
 
लगानीकर्ताले माघ महिनामा मात्रै सरकारलाई ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर तिरेको पाइएको छ ।
 
लगानीकर्ताले पुस   महिनामा  ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ, साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ, मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ, भदौमा १४ करोड ६९ हजार रुपैयाँ र फागुन महिनामा मात्र ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको थ्याङ्कले देखाएको छ । 
 
लगानीकर्ताले सबै भन्दा थोरै पुँजीगत लाभकर कात्तिक महिनामा तिरेका छन्  । लगानीकर्ताले कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।