सुदूरपश्चिमः एकीकृत समाजवादीले नाउपालाई दिएको समर्थन फिर्ता लियो

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं। 
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । 
 
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ । 
 
यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि  प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।