सुप्रिम सहकारी घोटाला प्रकरणमा पक्राउ परेका तीन जनाको बयान सकियो

बैशाख ०४,२०८१

-आस्था न्यूज

बैशाख ४, २०८१ काठमाडौं ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेका तीन जनाको आज जिल्ला अदालतमा बयान लिइएको छ । प्रहरीले पक्राउ गरेका सहकारीका अध्यक्ष ओम  गुरुङ, सहकारीका पूर्व सचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक  दुर्गा चापागाईँको बयान सकिएको जिल्ला अदालत रुपन्देहीमा सूचना अधिकारी अधिकारी अनन्त राम मरासिनीले बताए । 
 
उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै अदालतमा बयान लिइएको हो । भोलि बिदा भएको कारणले प्रहरीले पक्राउ गरेका अन्य तीन जनाको बयान भने पर्सीमात्र लिइने उनको भनाई छ । निता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङलाई पक्राउ परेका छन् ।
 
सोमबार ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरीले पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 
 
उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको  थियो ।