सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु

बैशाख ०४,२०८१

-आस्था न्यूज

बैशाख ४, २०८१ काठमाडौं ।
वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि काठमाडौँमा सुरु भएको छ । मंगलबार बेलुकी रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशाला अगाडीको रथसम्म ल्याइएको थियो । 
 
यसरी ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ ।  प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चल्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।