चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं। 
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५-० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।
 
आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई-दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए ।
 
आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ह्वाइटले ५२औँ र ७०औँ तथा हाभार्ट्जले ५७औँ र६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई ५-० गोलको जित दिलाए ।
 
आर्सनल ३४ खेलबाट ७७ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।