गुजरात टाइटन्समाथि दिल्लिको रोमाञ्चक जित

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।
 
गुजरातका साइ सुदर्शनले ६५  रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका  कप्तान ऋषभ पन्तले  ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे ।
 
जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् । आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।