बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
उज्वेकिस्तानमा हुने एएसबीसी यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
 
च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ ।
 
अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
 
पुरुषतर्फ लालप्रसाद उप्रेतीले पुरुषको ४८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ सुष्मा तामाङले ४८ केजी तथा रमिशा श्रेष्ठले ५० केजीमा खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् ।
 
सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै नेपाली बक्सिङमा इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।
यसैथरी प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली   छन् ।
 
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।