समाचार हरु

पार्टी फुटेपछि उपेन्द्र यादवले दिए स्वास्थ्य मन्त्रालयबाट राजीनामा

वैशाख ३१, २०८१ काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।