जेठ ३२, २०८१ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपत्यका आसपासका डाँडाहरूमा पानी आउने जातका रुख रोप्न प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या न्यूनीकरणका लागि पानी आउने जातको रुख रोपेर जलाधार क्षेत्र बनाउनुपर्ने बताए ।