राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

राजनीतिक शक्तिहरु विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्नेमा सभामुखको जोड

बैशाख ११, २०८१ काठमाडौं । सभामुख देवराज घिमिरेले सम्पूर्ण राजनीतिक शक्तिहरु विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग रहे पनि लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।