Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कानुनी राज्यको स्थापनाका लागि गृहमन्त्रालय रोजेको हुँ’

फागुन २४, २०८० काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता गरि जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । बुधबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै लामिछानेले निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्णयलाई निरन्तरता दिँदै ७७ वटै जिल्लामा मासिएको सरकारी जग्गा फिर्ता गरि सो कार्यमा संलग्नलाई कारबाही गर्ने बताए ।