फागुन २२, २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्। सत्ता गठवन्धनको वैठकमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि दुवै नेता उनलाई फकाउन निस्केका हुन्।