फागुन १८, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उनले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताए ।