फागुन १६, २०८० काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा आज नेपालका दिगो विकासका लक्ष्य कार्यान्वयनको स्थिती, अध्यन तथा मूल्यांकन प्रतिवेदन, २०८० को मस्यौदामाथि छलफल भएको छ । सिंहदारमा बसेको समिति बैठकमा समिति सभापति प्रकाश पन्तले प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा सांसदले उठाएका विषयहरुलाई कार्यान्वयन गर्ने कार्ययोजना बनाउन आवश्यक रहेको बताए ।