फागुन १०, २०८० काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ । अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । एक हजार ६३ जनाको हस्ताक्षरसहितको पुरक प्रस्ताव भन्डारीले देउवालाई बुझाएका हुन् ।