फागुन ६, २०८० काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन् । उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।