फागुन ८, २०८० काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकाय बन्न सकेमात्र सहकारी क्षेत्रमा रहेका समस्या समाधान हुने बताएका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा मंगलबार ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए ।