Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहितका मुलुकको समस्याबारे विश्व समुदायलाई गम्भीर बन्न आग्रह

बैशाख ६, २०८१ काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् ।