Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

राष्ट्रियसभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन

पुस २०, २०८० काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।