
मङ्सिर ५, २०८० काठमाडौं । जिल्ला प्रशासन कार्यालय,काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ । आजदेखि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध,धर्ना,प्रर्दशनलगायतका कार्य गर्न पाइने छैन । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।