भारतमा कोरोना अति प्रभावित क्षेत्र बाहिर सामान्य गतिविधि गर्ने मिल्ने गरि खुल्ला

जेठ १९,२०७७

-

जेठ १९, २०७७ काठमाडौं ।
भारतमा आजबाट लकडाउनको पाचौं चरण सुरु हुँदैछ । जसलाई अनलक(१ पनि भनिएको छ । अनलक-१ अन्तरगत केन्द्र सरकारले एक निर्देशन जारी गर्दै केही क्षेत्रमा मात्रै लकडाउनलाई सिमित गरेको छ । 
 
यद्यपि राज्य सरकारले कोरोना रोकथामका लागि केही क्षेत्र र काममा प्रतिवन्ध लगाउन सक्नेछन् । अब राज्यहरुले ‘कन्टेन्ट जोन’ (कोरोना अति प्रभावित क्षेत्र) बाहिर सामान्य गतिविधि गर्न सक्ने बीबीसीले जनाएको छ । 
 
अनलकको पहिलो चरणमा भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न पाउने जनाएको छ । 
 
यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको छलफल पछि खोलिने छन् । 
 
यद्यपि अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछ ।
 
भारतमा तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ७८२ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ लाख ९० हजारभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ । ५ हजारको मृत्यु भइसकेको छ ।