इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको जित

कार्तिक ०२,२०७७

-

कात्तिक २, २०७७ काठमाडौं ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।
 
शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४-१ को जित दर्ता गरेको हो ।
 
लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो ।
 
युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।
 
खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि  युनाइटेडले फराकिलो जित निकाल्यो ।
 
रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।
 
खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए ।
 
अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक देखिएको थियो ।
 
युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ ।