नेप्सेमा एकल अंकको सामान्य गिरावट

बैशाख २७,२०८०

-आस्था न्यूज

वैशाख २७, २०८० काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।
 
आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से मंगलबार भने दोहारो अंकले नै बढेको थियो । तर, बुधबार पुनः नेप्सेमा गिरावट भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ, विकास बैंक सहित होटल तथा पर्यटन, लगानी, जीवन बीमा लगायतका उपसूचकमा गिरावट भएको छ ।
 
वित्त कम्पनी, हाइड्रोपावर उत्पादनमूलक लगायतका उपसूचक भने बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।