टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ ।
 
टर्कीको समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने छ । आगलागीमा परी केही गम्भीर घाइते भएका छन् ।
 
दुर्घटना हुँदा नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन् ।
 
मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ ।
 
हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ । एजेन्सी