वर्षको पहिलो दिन सेयरबजारमा झिनो अङ्कको गिरावट

बैशाख ०२,२०८१

-आस्था न्यूज

बैशाख २, २०८१ काठमाडौं ।
२०८१ सालको पहिलो कारोबार भएको दिन आज सेयरबजारमा झिनो अङ्कको गिरावट भएको छ ।
 
अघिल्लो वर्षको अन्तिम कारोबारमा १०.७१ अङ्कले घटेको सेयरबजार आज थप २.३५ अङ्कले घटेर २०२३.३५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सृजनशील लघुवित्त, एनआईसी एसिया लघुवित्त, दोल्ती हाइड्रो र राप्ती हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्त रह्यो । उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।
 
आज लघुवित्त समूहको उपसूचक सर्वाधिक १.९१ प्रतिशतले बढ्दा फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशत बढ्यो । यसैगरी आज ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक १.०३ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक ०.८२ प्रतिशतले घट्यो ।