सोमबार विदेशी मुद्राको विनिमय दर कति ?

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
आज २०८१ साल वैशाख ३ गते सोमबार सन् २०२४ अप्रिल १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।