आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
२०८१ सालको दोस्रो कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ ।
 
हिजो २.३५ अङ्कले घटेको सेयरबजार आज थप १६.८२ अङ्कले घटेर २००६.५२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा मेन्छियाम हाइड्रो र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा दोल्ती हाइड्रो र गुराँस लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले घट्यो ।
 
आज कुनै पनि उपसूचक बढ्न सकेन । यसैगरी आज फाइनान्स समूहको उपसूचक सर्वाधिक १.६४ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.५९ प्रतिशतले घट्यो ।