सेयर बजारमा गिरावट निरन्तर

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं। 
मंगलबार पनि सेयर सेयरबजारमा गिरावट नै आएको छ ।
 
हिजो १६.८२ अङ्कले घटेको सेयरबजार आज थप १४.८१ अङ्कले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा रुरु हाइड्रो, सिवाईसी लघुवित्त र पोखरा फाइनान्स रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज कुनै पनि उपसूचक बढ्न सकेन । यसैगरी आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक १।३१ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक १।१६ प्रतिशतले घट्यो ।