महोत्तरीको मटिहानीमा आगलागीबाट १०० भन्दा बढी घर जले

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं ।
महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 
 
गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको छ, मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास गरिरहेका छौं तर सफल भएका छैनौँ ।
 
अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मेयर मण्डलले जानकारी दिए ।