जेठ १४, २०८१ काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो ।