चैत १३, २०८० काठमाडौं । जलवायु परिवर्तनका चुनौती सामना गर्न कार्बन उत्र्सजन धेरै गर्ने मुलुकहरु गम्भीर हुनुपर्ने विषय फेरि उठेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको संरक्षणका ५० वर्ष’ विषयक कार्यक्रममा यो मुद्दा उठाइएको हो ।