Trending :
 
समाचार हरु

गृहमन्त्री लामिछाने राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

चैत १४, २०८० काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।