माघ २५, २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ठूला निजी अस्पतालले अनिवार्य १० प्रतिशत शय्या विपन्न, बेवारिसे र असहाय बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने नियम बनाएको छ । महानगरपालिकाले १ फागुनदेखि लागू हुने गरी १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयनमा ल्याउँदै छ, यसका लागि उसले कार्यविधिसमेत पारित गरिसकेको छ ।