पुस १३, २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरूका लागि ४० प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गर्ने भएको छ । राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो ।